२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

स्याङ्जाली परिवारद्वारा रक्तदान, ३३ युनिट रगत संकलन

आइतवार , आश्विन ११, २०८३

  • 514
    Shares
  • 514
    Shares
  • भैरहवा, ११ असोज । स्याङ्जाली परिवार रुपन्देही, बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।

    स्याङ्जाली परिवार रुपन्देही बुटवल उपमहानगर समितिको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष अर्जुन भण्डारीले बताउनुभयो । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा संस्थाका सल्लाहकार तथा उद्योगी रामप्रसाद बस्यालले रक्तदान संस्कृतिको विकासका लागि नागरिकमा निरन्तर चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदान जीवनदान भएकाले नियमित रक्तदान गर्ने संस्कृतिको विकासमा जोड दिनुभयो ।

    WhatsApp Image 2026-09-26 at 2.32.57 PM.jpeg

    नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्दा आवश्यक परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले स्वस्थ व्यक्तिमा निश्चित अवधिमा रगतको पुनःनिर्माण हुने भएकाले रक्तदानलाई सामाजिक सेवाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    समितिका अध्यक्ष अर्जुन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार बाबुराम भट्टराई, महासचिव रमेश पाण्डेलगायतले रक्तदानको महत्वबारे धारणा राख्नुभएको थियो ।