
सोमवार , पौष ९, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । सोमवार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए ।
उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे ।
आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गर्दै उनले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij