
मंगलवार , पौष १०, २०८०
बुटवल, १० पुस ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको १३ औं नगरसभा बुधबार बस्दैछ । बुधबार दिउँसो २ बजे बस्ने सभामा जलश्रोतसम्बन्धि विधेयक, छाडा चौपाया व्यवस्थापनसम्बन्धि विधेयकजस्ता विधेयक पेश तथा ऐन संशोधन गर्ने कार्यसूची छ ।
मंगलबार कार्यपालिका बैठकले नगरसभाका एजेण्डा तय गर्दै अर्धवार्षिक समीक्षा, आगामी कार्ययोजनालगायतका विषय सभा पेश गर्ने नगरप्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार सभाले चालू आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षका योजनाबारे सभा सदस्यहरूबीच छलफल गरिनेछ ।
कार्यपालिका बैठकले क्रिसमस र यमरि पुन्ही र उधौली पर्वको शुभकामना व्यक्त गरेको छ । बैठकले नगरका योजना सम्पन्न गर्नका लागि वडास्तरमा क्रियाशिलता बढाउनेबारे छलफल गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij