२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

बुधवार , पौष ११, २०८०

  • 934
    Shares
  • 934
    Shares
  • काठमाडौं । समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समाजवादी मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरुसँग लड्न प्रदेश कमजोर भएको भन्दै संघीयतालाई मजबुत बनाउन अध्यादेश ल्याएर भएपनि प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    बैठकमा मोर्चाले हालसम्म गरेका कामहरूको समीक्षा हुनुकासाथै पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ । यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ । सरकारमा सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने चित्रहरू देखिएको भन्दै बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले असन्तुष्टि प्रकट गरे ।

    बुधबार साँझ ६ बजे पुनः बस्ने गरी समाजवादी मोर्चाको बैठक सकिएको छ ।