images

सोमवार, बैशाख १७ गते २०८१

सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण

सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण

images
images
images
बुधवार, पौष ११ २०८०
बुधवार, पौष ११ २०८०
  • सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण

    रुपन्देही, ११ पुस ।
    रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागीतामा उपकरण वितरण गरिएको हो ।

    images

    सैनामैना नगरपालिका पशु विकास शाखाले बुधबार आयोजना गरेको कार्यक्रममा नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले म्याट ५० पिस, ब्रस कटर १२ पिस र विद्युतीय च्यापकटर १७ पिस किसानलाई हस्तान्तरण गरेका हुन् ।

    चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यवसायिक कार्यक्रम अन्तर्गत कृषि उपकरण वितरण गरिएको पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काले बताए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरिएको बताए । मानव शक्ति कम लाग्ने र सजिलै काम गर्न किसानलाई सहज होस भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उनले बताए । उनले यान्त्रीकरणको प्रयोगका कारण उत्पादत्व वृद्धि गर्न सकिने बताए । कृषि क्षेत्रको विकासका लागि नगरपालिका सधै तयार रहेको उनको भनाइ छ ।

    कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीले किसानको आवश्यकतालाई मध्यनजर गर्दै अनुदानमा आधारित सामग्री वितरण गरेको बताए । नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij