२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही हुन्छ : सञ्चारमन्त्री शर्मा

बिहिवार , पौष १२, २०८०

  • 715
    Shares
  • 715
    Shares
  • काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने बताएकी छन् ।

    एनसेल बिक्रीबारे प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले एनसेल बिक्रीबारे पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको भन्दै कानून बमोजिम काम नभएको पाइए जोसुकै भएपनि कारबाहीको दायरामा आउने बताएकी हुन् । उनले उक्त छानबिन समितिले तोकिएको समयमै काम सक्ने भन्दै समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने बताइन् । उनले छानबिन समितिले सम्बन्धित सबै निकायसँग छलफल गरेर काम गरिरहेकाले समितिप्रति आशंका गर्नुभन्दा पनि समितिको काम र निष्कर्ष हेनुपर्नेमा जोड दिइन् । 

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान भएपनि एनसेल खरिद–बिक्रीपूर्व आफूहरूलाई जानकारी नगराइएको बताए । उनले किनबेचबारे जानकारी गराउन एनसेललाई पटक–पटक अनुरोध गरिएको पनि जानकारी दिए ।

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा प्रश्न उठाउदै हालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री एनसेल सेयर खरिदकर्ताको घरमा बस्ने गरेकाले अध्ययन रिपोर्ट हुनेमा आशंका व्यक्त गरिन् ।  कांग्रेसका सांसद चन्द्र भण्डारीले एनसेल खरिद–बिक्रीले नेपाललाई जति बेला पनि किन्न सक्ने र आफ्नो कोल्टामा पार्न सक्ने भन्ने सन्देश गएको बताए । नेपाल सैद्धान्तिक रूपमा स्पष्ट नभएसँग कुनै पनि कुरा पार ल्याउन नसक्ने बताए ।

    अघिल्लो महिना एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि विवाद उत्पन्न भएको छ ।