images

मंगलवार, बैशाख २५ गते २०८१

चेकजाँचमा मात्र नभइ चोरीका मोटरसाइकल घरमै पुगेर नियन्त्रणमा लिन्छौं : रुपन्देही प्रहरी

चेकजाँचमा मात्र नभइ चोरीका मोटरसाइकल घरमै पुगेर नियन्त्रणमा लिन्छौं : रुपन्देही प्रहरी

images
images
images
शुक्रवार, पौष १३ २०८०
शुक्रवार, पौष १३ २०८०
  • चेकजाँचमा मात्र नभइ चोरीका मोटरसाइकल घरमै पुगेर नियन्त्रणमा लिन्छौं : रुपन्देही प्रहरी

    भैरहवा, १३ पुस ।
    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चोरीको मोटरसाइकल र चोरीमा संलग्न व्यक्तिहरुलाई अब घरमै पुगेर नियन्त्रणमा लिने अभियान सुरु गर्न थालेको जनाएको छ । बिहीबार भैरहवामा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही प्रहरी प्रमुख (एसपी) भरत बहादुर वि.क.ले भने, ‘अब हामी चोरीका मोटरसाइकलहरु चेकजाँचमा मात्र नभइकन हामीलाई सूचना आए घरमै गएर मानिस र मोटरसाइकल नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गछौं ।’

    images
    images
    images

    उनले चोरीका मोटरसाइकल नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरी शंकाष्पद व्यक्तिको घरमै पुग्ने बताए । नेपालबाट चोरी गरेर मोटरसाइकल भारतमा जाने र भारतबाट चोरी गरेर नेपालमा ल्याउने गरेको पाइएको उनले बताए । रोयल इनफिल्ड (बुलेट), पल्सर २२० लगायत चोरीका मोटरसाइकल सस्तो मूल्यमा विशेषतः युवा वर्गले १० देखि २० हजार रुपैयाँमा किन्ने चढ्ने गरेको पाइएको उनले जानकारी दिए । सवारीसाधन खरिद विक्री सवारी यातायात व्यवस्था कार्यालयमा गएर, पास गरेर र ब्लुबुक हेरेर मात्र गर्न उनले आग्रह गरे । 

    रुपन्देहीमा बेला मौकामा मोटरसाइकल चोरीका घटना हुने र यसले अपराधको दर बढाउने गरेको बताए । अपराधमा चोरीका मोटरसाइकल प्रयोग गरेको पाइएको उनको भनाइ छ । उनले अभिभावकले पनि आफ्ना सन्तानको गतिविधिबारे निगरानी गर्न आवश्यक रहेको बताए । कमजोर साथै आर्थिक अवस्था बलियो भएका परिवारका युवा समेत चोरीका मोटरसाइकल चढ्ने गरेको उल्लेख गर्दै उनले अभिभावकलाई सन्तानको निगरानीका लागि सन्देश दिन पनि घरमै पुग्न लागिएको बताए । 

    उनले पुस १ देखि (११ दिनको अवधि)मा २३ वटा मोटरसाइकल बरामद गरिएको बताए । एसपी वि.क.ले भने, ‘सम्बन्धित मोटरसाइकल धनीलाई सम्पर्क गर्ने प्रयास गर्दछौं । यदी सम्बन्धीत धनी फेला पर्न नसके भन्सार कार्यालयमा मोटसाइकल बुझाउँछौं ।’

    त्यस्तै एउटै इन्जिन नम्बर भएको दुई वटा फोर्ड कम्पनीका कार पनि बरामद गरिएको उनले बताए । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित श्रीनगर अटो ग्यारेजमा एउटै इञ्जिन नम्बरको कार रहेको सूचनाका आधारमा प्रहरीले दुईवटा कारलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको एसपी वि.क.ले बताए ।

    मोटसाइकल चोरीमा संलग्न रहेका शंकाष्पद व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए । प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले जिल्लामा हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा न्यूनीरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि २०८० पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरिएको जानकारी दिए । यस अवधिमा २४ सैं घण्टा प्रहरी परिचालन गरेर अपराध नियन्त्रणको काम भइरहेको उनले बताए । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij