२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिकामैत्री उपचार सेवा

शुक्रवार , पौष १३, २०८०

  • 895
    Shares
  • 895
    Shares
  • बुटवल, १३ पुस । 
    बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।  

    बालबालिकाहरु अस्पतालभित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचारबारे सकारात्मक सन्देश दिने गरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. सुदर्शन थापाले बताए । बालबालिकाहरुबारे अनुसन्धान तथा उपचार पद्दतिलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक वातावरण निर्माण गरिने मेसु थापाले बताए । अस्पतालको बालरोग तथा प्रसुती विभाग कक्ष अगाडि बगैचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो । 

    अस्पतालका बाल रोग विशेज्ञ नेत्र रानाका अनुसार पछिल्लो सयम बालरोग उपचार तथा परामर्शका लागि आउनेका संख्यामा वृद्धि भएको छ । बालरोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए । 

    शुक्रबार एक कार्यक्रमकाबीच बाल उद्यानको उद्घाटन गर्दै बाल रोग विभागका प्रमुख बालरोग विशेषज्ञ डा. किरणमणी पौडेलले बालबालिकाहरु सुश्म मस्तिष्कका कुनै पनि नरात्मक प्रभाव र डर त्रास बिना नै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने उल्लेख गरे । उपचारभन्दा ठूलो र महत्वपूर्ण कुरा उनीहरुलाई मानसिक रुपमा तयार पार्नु भएको बताउँदै कुनै पनि बिरामीले अस्पतालमा आएर दबाब महसुस गर्नुपर्ने वातावरणको अन्त्य हुन जरुरी रहेको बताए । 

    कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो । अस्पतालमा बालरोग उपचारका लागि १२ वटा एनआइसीयू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघि नै प्रसुती तथा बालरोग उपचारका लागि छुट्टै नमूना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुका साथै बाहिरी प्रदेशका जिल्लाबाट समेत उपचारका लागि आउने प्रादेशिक अस्पतालमा आउनेको संख्या बढ्दै गएको छ ।