२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बुटवलमा माविस्तरीय सिर्जनशील रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता हुँदै

शुक्रवार , पौष १३, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, १३ पुस । 
    पठन संस्कृति विकासका लागी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।

    यही पुस १४ गते शनिबार बुटवलमा आयोजना हुने माध्यमिक विद्यालय (१–१०) स्तरीय सिर्जनशील रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता–२०८० को तयारी पूरा भएको कार्यक्रम संयोजक तथा महासंघका जिल्ला उपाध्यक्ष गोपाल बस्यालले जानकारी दिए । 

    रुपन्देही जिल्लाका ८० वटा विद्यालयको सहभागीता हुने प्रतियोगिता बुटवलको एसियन पार्टी प्यालेसमा हुनेछ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईले यस क्षेत्रमा सर्वाधिक धनरासीको यो प्रतियोगिता हुने जानकारी दिए । उनले यो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने समेत जानकारी दिए ।

    प्रतियोगितामा प्रथम पुरस्कार रु. ५१ हजार नगद रहेको छ । च्यस्तै द्वितीय पुरस्कार रु. २५ हजार र तृतीय पुरस्कार रु. १५ हजार र सान्तवना पुरस्कार रु. ५ हजार रहेको छ ।

    आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यालय समूहबाट पहिलो चरणमा ४० वटा प्रश्नको वस्तुगत प्रश्न लिखित रुपमा सोधने छ । त्यसबाट उत्कृष्ट भएका समूह अन्तिम चरणमा जानेछन् ।