२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

सदनदेखि सडकसम्म जनताको समस्या उठाउने प्रदेश सांसद्को प्रतिवद्धता

शनिवार , पौष १४, २०८०

भैरहवा, १४ पुस ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले सदनदेखि सडकसम्म जनताको समस्या उठाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै प्रदेश सांसद् के.सी.ले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् । उनले लोसपाले बोकेको एजेण्डा राम्रो रहेको दावी गरिन् ।

लोसपा लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत रहेकी के.सी.ले भनिन्, ‘पार्टीले मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला, दलित लगायत सम्पूर्ण पिछडिएको समुदायको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ । ’लोसपा समावेशी पार्टी भएको उनको भनाइ छ ।