२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

मोबाईल कल डिटेलबाट प्रहरीले शुरु गर्यो बैतडी हत्या काण्डको अनुसन्धान

आइतवार , माघ २५, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • काठमाडौं, २५ माघ। प्रहरीले बैतडीमा भएको किशोरी हत्या काण्डको अनुसन्धान शुरु गरेको छ। किशोरीको मोबाईल कल डिटेलबाट अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

    घटनास्थलमा मृतक किशोरीले प्रयोग गरेको मोबाइल भेटिएको र कल डिटेलबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
    बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ। ५ दिन अघि विद्यालय गएकी भागरथीको शव स्थानीय लबलेक जङ्गलमा विभत्स ढंगको मृत अवस्थामा फेला परेको थियो।

    शव उठाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ र पोष्टमार्टमको रिपोर्ट आज आउने प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले स्थानीय केही व्यक्तिसँग सोधपुछ गरेको छ। विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरी कार्यालयका टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। 

    यसैबीच घटनाको विरोध गर्दै आजपनि स्थानीयले प्रदर्शन गरेका छन्। घटनाका दोषीलाई तत्काल पक्राउ गरि तुरुन्त कारबाही गर्नुपर्ने माग गर्दै उनिहरुले बिरोध प्रदर्शन गरिहेका छन्।