
सोमवार , पौष १६, २०८०
भैरहवा । धोति दिवस मनाउन माइतीघरको निषेधित क्षेत्रमा पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउत लगाएत केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धोती दिवस मनाउन माइतीघर मण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले राउत सहित ४० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । धोति पहिरनसहित उनीहरु राष्ट्रिय धोति दिवसको व्यानरमा माइतिघरमा भेला भएका थिए ।
माइतिघरमा प्रदर्शनका लागि भेला भएपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्रबारे जानकारी गराएको थियो । तर एक समूह बबरमहलबाट माइतिघर आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
धोति दिवस मनाउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी समेत माइतिघर पुगेकी थिईन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij