
सोमवार , पौष १६, २०८०
भैरहवा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाही देखिएको बताएका छन् ।
मन्त्रीको लापरवाहिका कारण उक्त घटना घटेको महामन्त्री थापाको भनाई छ । आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट सवारी गर्नु मन्त्रीको लापरबाही भएको महामन्त्री थापाको टिप्पणी छ ।
सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले समितिले मन्त्रीको लापरवाहीलाई हेरेर आवश्यक निणर्य लिनुपर्ने बताएका छन् ।
उनले लापरवाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने समेत बताए । महामन्त्री थापाले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए । उनले साउनदेखिको इपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरवाही भएको ठहर गरे ।
उनले भने, ‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन । त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’ महामन्त्री थापाले मन्त्रीको लापरवाही पनि हर्नुपर्ने बताए । ‘यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैन ? लापरवाही हो भने दण्ड हुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij