images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा प्रतिबन्धित र सूचीकृत नभएका विषादीहरु समेत विक्री

रुपन्देहीमा प्रतिबन्धित र सूचीकृत नभएका विषादीहरु समेत विक्री

images
images
images
मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • रुपन्देहीमा प्रतिबन्धित र सूचीकृत नभएका विषादीहरु समेत विक्री

    भैरहवा, १७ पुस ।
    रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचीकृत नभएको र प्रतिबन्धित विषादीहरु विक्री गर्ने गरेको पाइएको छ ।  
    कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी साँस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध तरिकाले सञ्चालन भइरहेको पाइएको हो । 

    images

    सेन्टरहरु दर्ताबिनै सञ्चालन भएका, अधिकांशको नविकरण नभएको, नेपालमा सूचीकृत नभएका र प्रतिबन्धित विषादीहरु विक्री गरेको अनुगमनका क्रममा पाइएको छ ।

    व्यवसायीहरुले विषादी भण्डारण र बीउको गुणस्तरमा समेत लापरवाही गरेको पाइएको छ । त्यस्तै अनुगमनका क्रममा सल्लाह सुझावसहित पहिलो पटकलाई सचेत गराएर छाडिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले जानकारी दिए ।

    बीउबिजन, विषादी र मलखाद विक्री गर्दा तालिम प्राप्त व्यक्तिले मात्रै विक्री गर्न पाइन्छ । तर, प्राविधिक ज्ञान नभएका अदक्ष व्यक्तिले एग्रोभेट सञ्चालन गर्दा ग्रामीण भेगका किसानहरु ठगिनुपर्ने बाध्यता छ । तालिम लिएका पुराना व्यवसायीहरुलाई पनि संशोधन भएका कानून र प्राविधिक ज्ञानका बारेमा पुनर्ताजगी तालिमको आवश्यक देखिएको छ । एउटा एग्रोभेट सञ्चालन गर्दा अथवा नविकरण गर्दा संघ, प्रदेश र स्थानीय तह तीनै तहका निकायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि व्यवसायीहरुले एग्रोभेट सेन्टर दर्ता गर्न झण्झट मानिरहेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij