२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक दाँतको प्रत्यारोपण

बुधवार , पौष १८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, १८ पुस । 
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मंगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो । 

    विशेषज्ञ सेवालाई विस्तार गर्दै गइरहेको अस्पतालमा पछिल्लो समय दाँत तथा मुख रोगका सफल उपचारहरु हुँदै आएको थापाले बताइन् । सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालमा गुणस्तरीय र अति कम शुल्कमा दाँतका विभिन्न खाले उपचार उपलब्ध हुने उनले बताइन् । 

    मंगलबार पहिलोपटक दाँतको सफल शल्यक्रियासँगै सेवाग्राहीहरु अब निजी स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता अन्त्य भएको डा. थापाले उल्लेख गरिन् । शल्यक्रिया डा. थापाको नेतृत्वमा डा. सम्राट पहाडी, डा. सूचना अधिकारी, डा. नारायण पोखरेल र डा. रिचा भडेलको टोलीले गरेको थियो । 

    अस्पतालमा ओपिडीतर्फ मेसिसिन, इएन टी, सर्जिकल, कार्डियोलोजी, न्यूरोलोजी, दन्त तथा मुखरोग, छाला तथा यौनरोग, स्त्री तथा प्रसुती, हार्डजोर्नी, बालरोग, आँखा रोग, न्यूरो सर्जरी, युरोलोजी तथा मनोरोग लगायतका उपचार हुँदै आएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए ।