२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुरक्षाकर्मीलाई रक्षाबन्धन 

सोमवार , श्रावण १९, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, १९ साउन ।
    जनैपूर्णिमा (रक्षाबन्धन)को अवसर पारेर लियो क्लब अफ होलिसिटी भैरहवाले सुरक्षाकर्मीहरुलाई राखी (रक्षाबन्धन) बाँधेको छ । क्लबमा आबद्ध महिला सदस्यहरुले अग्रपंक्तिमा खटिएका प्रहरीहरुलाई सोमबार राखी बाँधेर मिठाइ खुवाएको अध्यक्ष प्रतिक भण्डारीले बताए ।

    “क्लबमा आबद्ध दिदीबहिनीहरुले नागरिकको सुरक्षामा खटिएका प्रहरीको हातमा राखी बाँध्नुभएको छ, प्रहरी कोभिड–१९ को महामारीविरुद्ध अग्रपंक्तिमा रहेर खट्नुभएको छ, उनले भने ।” क्लबले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको भण्डारीले जानकारी दिए ।

    कार्यक्रममा क्लबका अध्यक्ष प्रतिक भण्डारी, संस्थापक अध्यक्ष सम्राट थापा, उपाध्यक्ष आशिष पन्त, सचिव अनुराग बिडारी, कोषाध्यक्ष ओजस शर्मा लगायतको उपस्थिति रहेको थियो ।