२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जाडो बढेपछि मर्चवारीमा चारदिन विद्यालय विदा

आइतवार , पौष २२, २०८०

भैरहवा, २२ पुस ।
जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गया प्रसाद बरईले बताए । 

‘अत्याधिक जाडो भएको हुनाले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको जानकारी गराइन्छ, ’अध्यक्ष बरईद्वारा आइतबार जारी सूचनामा उल्लेख छ ।

416904765_307855668902006_2512470112516513723_n.jpg