२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

चिसो बढेसँगै रोहिणीमा पुस २९ सम्म विद्यालय बन्द

सोमवार , पौष २३, २०८०

भैरहवा, २३ पुस ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा पुस २३ (आज) देखि पुस २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ । दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एक साता विद्यालय बन्द गरिने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालय र मदरसा पुस २९ सम्म बन्द रहने अध्यक्ष यादवले जानकारी दिए ।

415622754_122114479502156839_1381605926299089526_n.jpg