images

सोमवार, बैशाख १७ गते २०८१

‘पानामा’ रोग फैलन नदिन आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड

‘पानामा’ रोग फैलन नदिन आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड

images
images
images
बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • ‘पानामा’ रोग फैलन नदिन आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड

    भैरहवा, २५ पुस ।
    हाल पश्चिम नवलपरासीको प्रतापपुर तथा नेपालको अन्य क्षेत्रमा केरामा पानामा (टीआर–४) रोग देखिएकाले यो रोग फैलिन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने निर्णय गरिएको छ । क्वारेन्टाइन कार्यालय बेलहिया, भैरहवाले बुधबार आयोजना गरेको प्लान्ट क्वारेन्टाइन सरोकारवालाहरुबीचको समन्वय बैठकमा यस्तो निर्णय भएको हो ।

    images

    यो रोग एउटा प्रकोपको रुपमा फैलिने तथा हालसम्म यसको रोकथामको प्रविधि समेत पत्ता नलागिसकेकोले रोगबाट केराबालीका बगैचा जोगाउनका लागि अपनाउनुपर्ने सावधानीका बारेमा बैठकमा जानकारी गराइएको थियो ।

    बैठकमा बोल्दै क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत सालीकराम पौडेलले केराको पात, डाट लगायतका वस्तहुरु आयात गर्न प्रतिबन्ध गरिएकाले आयातकर्ताहरुले प्रतिबन्धित वस्तुहरुबाहेक केराको काइयो (पंजा) मात्र आयात गर्नुपर्ने बताए । उनले केरा बोक्ने सवारीसाधनमाथि सुरक्षा निकायले चेकजाँच गरी पात बोक्नेलाई सचेत गराए रोग फैलन नदिनका लागि प्रभावकारी कदम हुने बताए । ‘केरा बोकेको गाडीको टायहरु र गाडीको चालक तथा सहयोगीहरुको जुत्ता चप्पल १ प्रतिशत सोडियम हाइपोक्लोराइड वा १० प्रतिशत ब्लिचले स्प्रे गर्ने कार्य भइरहेको छ र यसलाई निरन्तरता दिने निर्णय गरियो, ’उनले भने । गाडीको निसंक्रमणका लागि एफएओको सहयोगमा प्राप्त सोडियम हाइपोक्लोराइड कार्यालयबाट आयातकर्ताहरुलाई वितरण गरिएको उनको भनाइ छ ।

    नेपालमा केरामा पानामा रोग देखिनुभन्दा पहिले भारतको उत्तरप्रदेशको केही भागमा पहिले नै देखिसकेकोले भारतबाट अवैध रुपमा हुने केरा आयातलाई नियन्त्रण गर्नुपर्ने उनले बताए । पानामा रोगको लक्षण देखिन समय लाग्ने र यो रोगले बगैचा नै पूर्ण रुपमा क्षति पुर्याउने उनले बताए । रुपन्देहीमा केरा खेती राम्रो हुँदै गएको र केरा खेतीको विस्तार हुँदै गएको उनले जानकारी दिए । नेपालमा वार्षिक करिब १५ अर्बको केरा व्यवसाय हुने गरेको र ३६ हजार किसान परिवार पूर्णतया प्रभावित हुन सक्ने भएकाले सचेत हुनुपर्ने उनले बताए ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना एकाई रुपन्देहीका कृषि अधिकृत सुदिप देवकोटाले केरा बोक्ने सवारीसाधनलाई सुरक्षा निकायले चेकजाँच गर्नुपर्ने बताए ।

    राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वैज्ञानिक नारायण खत्रीले किसानहरु केरा खेतीतर्फ आकर्षित भइरहेको बेला र केराखेती फस्टाइरहेको बेला हेलचेक्रयाई गर्न नहुने बताए । 

    त्यस्तै सयपत्री तथा गुलाबको फूल आयात गर्दा शर्तहरु पालना गर्दैै प्रक्रिया पुर्याएर मात्र आयात गर्नुपर्ने बताए । विशेष गरी प्रणय दिवसमा गुलाबको फूल बढी आयात हुने र फूलसँगै आउने रोगले स्याउ, नासपति खेतीमा पनि असर गर्ने उनले बताए । नेपालमा नभएको रोग पनि भित्रिन सक्ने उनले बताए । त्यस्तै १६ वटा रोगमुक्त प्रमाणपत्र लिएपछि मात्र सयपत्री फूल आयात गर्न पाइने उनले जानकारी दिए । 

    mmn.jpg

    नेपालमा उत्पादित जडीबुटी तथा कृषिजन्य वस्तुहरु खासगरी अदुवा, तेजपत्ता, अलैची, दालचिनी, टिमुर, दाललगायत वस्तुहरु उल्लेख्य मात्रामा निर्यात भइरहेकोले आगामी दिनमा पनि सहजताका साथ निर्यात गर्ने विषयमा बैठकमा छलफल भएको थियो । निर्यात सम्भावनाका अन्य वस्तुहरु पहिचान गरी छिमेकी मुलुक भारत तथा अन्य देशमा निर्यातका लागि केन्द्रमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

    त्यसै गरी केन्द्रबाट विभिन्न मितिमा गरिएको परिपत्र सम्बन्धमा जानकारी गराइ सोहीअनुसार कार्य सञ्चालन गर्ने, सर्टिफिकेट अफ ओरिजिन सम्बन्धमा आयातकर्ताले सीओ पेश गर्दा आधिकारिक संस्थाको सीओ पेश गर्न गराउने तथा कृषिजन्य वस्तुहरु प्लान्ट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अनाधिकृत रुपमा नेपालमा भित्रिरहेको गुनासो आएकाले सम्बन्धित सरोकारवाला सबैले आआफ्नो स्थानबाट अनाधिकृत आयात निरुत्साहित गर्न तथा रोक्नका लागि पहल गर्ने निर्णय भएको क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij