२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

रोहिणी–१ बगहामा सचेतना कार्यक्रम

शुक्रवार , मंसिर १२, २०८२

  • 658
    Shares
  • 658
    Shares
  • भैरहवा, १२ मंसिर । ‘प्रविधिको सही प्रयोग गरौं, लैगिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा बिहीबार रुपन्देहीको रोहिणी गाँउपालिका–१ स्थित बगहामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम भएको हो । 

    बगहा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा ५६ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमनाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा मानव बेचबिखन र लैगिक हिंसाका बारेमा माइती नेपालका प्रमुख माया क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो ।

    WhatsApp Image 2025-11-27 at 9.04.52 PM (1).jpeg

    कार्यक्रममा शिक्षक सुवास यादव, सन्ध्या यादव, बगहा प्रहरी चौकीका इञ्चार्ज काशीनाथ चौधरीले पनि सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विद्यालयका शिक्षक रामराज गौतमले सञ्चालन गर्नुभएको थियो ।