२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमाको दोस्रो नगरसभा तथा चौथो अधिवेशन सम्पन्न

शुक्रवार , पौष २७, २०८०

तिलोत्तमा, २७ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । विभिन्न ६ वटा विधेयक माथि छलफल र पारित गर्दै नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

नगरपालिकाको हिउँदे अधिवेशन तथा चौथो नगर सभा विभिन्न निर्णय गर्दै बुधबार सम्पन्न भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको नगर सभाले कार्यपालिकाले निर्णय गरेका विधेयक, न्यायिक समिति, लेखा समिति, आर्थिक ऐन २०८०, विपद् व्यवस्थापन तथा वातावरण र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धि विधेयक पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । अर्यालका अनुसार विभिन्न कार्यक्रमको अनुमोदन, न्यायीक समितिको प्रतिवेदन तथा करका केही दायरामा हेरफेर समेत गरेको छ ।

हिउँदे अधिवेशनको समापनको अवसरमा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले न्यायिक समिति प्रतिवेदन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र तिलोत्तमा आर्थिक ऐन २०८० प्रथम संशोधन प्रस्ताव पेश गरेकी थिइन् । 

त्यस्तै तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले लेखा समितिको प्रतिवेदन, कार्यपालिका सदस्य राधा शाही ठकुरीले कार्यपालिका निर्णय प्रस्ताव, रवि सेन्चुरीले खानेपानी तथा सरसफाई र स्वच्छता विधेयक २०८० प्रस्तुत गरेका थिए । ती सबै विधेयक नगरपालिकाका सभा सदस्यहरुबीच प्रस्तावको अनुमोदन गरी पारित समेत गरिएको छ ।