images

सोमवार, बैशाख १७ गते २०८१

कृषिको विकास नभएसम्म देशको विकास हुन सक्दैन : अध्यक्ष घिमिरे

कृषिको विकास नभएसम्म देशको विकास हुन सक्दैन : अध्यक्ष घिमिरे

images
images
images
शनिवार, पौष २८ २०८०
शनिवार, पौष २८ २०८०
  • कृषिको विकास नभएसम्म देशको विकास हुन सक्दैन : अध्यक्ष घिमिरे

    भैरहवा, २८ पुस ।
    रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषिको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन् । उनले किसानको अवस्था सुदृढ नभएसम्म नेपालले प्रगति गर्न नसक्ने बताए ।

    images

    खबरपात्रो मिडिया प्रा.लि. सिद्धार्थनगर, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको शुक्रबार तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा उद्घाटन गर्दै अध्यक्ष घिमिरेले बताएका छन् । उनले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सियारी गाउँपालिकाले सिचाईमा अनुदान दिएको बताए । उनले भने, ‘माछामा ५ रुपैयाँ प्रतिकिलो साना किसानलाई अनुदान दिदै आएका छौं, दुधमा २ रुपैयाँ अनुदान दिएका छौं । ’

    उनले अरबौंको गुन्द्रुक र करोडौं जनै नेपालमा आयात भइरहेको बताए । सियारी दुध, खाद्यान्न, माछा, मासुमा आत्मनिर्भर रहेको बताए । 

    अहिले आर्थिक मन्दीको चपेटामा देश परेको र अफठ्यारो परिस्थितिमा विश्व रहेको परिस्थितिमा पनि खबरपात्रो मिडिया प्रा.लि.ले आफूलाई उभ्याइरहेको बताए । उनले मिडियाले राष्ट्र र समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘जनप्रतिनिधि जनताको सुखदुःखमा समावेश हुन सके जनता र जनप्रतिनिधिबीच भएको दुरी केही भए पनि घट्न सक्थ्यो । ’आफूले ४५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको भन्दै निर्वाचित जनप्रतिनिधिले जनताको लागि आफूले पाउने पारिश्रमिक लगाउन सके गुमेको विश्वास फर्कान सकिने बताए । त्यसका लागि सबैले त्याग गर्न सक्नुपर्ने उनको भनाइ छ ।

    भारत सरकारले प्रतिकिलो १८ रुपैयाँमा धान खरीद तथा २ रुपैयाँप्रति किलोमा चामल विक्री गरिरहेको भन्दै यस्ता कुरामा संघीय र प्रदेश सरकारको ध्यान जानुपर्ने उनले बताए । उनले सञ्चार माध्यमले यस्ता विषयवस्तुमा रहेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

    खबरपात्रो मिडिया प्रा.लि.का सल्लाहकार समेत रहेका पौडेलले जनताले जितेर पठाएपछि करोडपत्ति बन्ने, परिवार, नातागोतालाई समानुपातिक सांसद् तथा विभिन्न अवसर प्रदान गर्ने विषयप्रति पनि मिडियाले उजागर गर्नुपर्ने बताउ । उनले राजनीतिक दलका नेता नैतिकवान र चरित्रवान हुनुपर्नेमा जोड दिए । 

    त्यस्तै खबरपात्रो मिडिया प्रा.लि.का अध्यक्ष धर्म बहादुर के.सी.ले खबरपात्रो मिडिया प्रा.लि.बाट प्रकाशित खबरपात्रो डटकम २०८० असोज २ गते चौथो वर्षमा प्रवेश गरिसकेको बताए । उनले कोरोना महामारीको बीचमा जन्मिएको यो अनलाईन छोटो समयमै स्थानीस्तरमा आफूलाई दरो गरी उभ्याउन सफल भएको महसुस गरेको बताए ।

    प्रा.लि.का सल्लाहकार मधुसुदन घिमिरेले मिडियाले समाजमा रहेका विकृति–विसंगतिको उजागर गर्नुपर्ने बताए । उनले मिडियालाई दिगो रुपमा सञ्चालन गर्न आ–आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने बताए ।

    खबरपात्रो मिडिया प्रा.लि.का शेयरधनी मनोज लामिछानेले मिडिया प्रा.लि.को सञ्चालक समिति, शेयरधनी, पत्रकार तथा कर्मचारीको टीमले मिडिया यहाँसम्म आइपुगेको बताए । उनले कम समयमा खबरपात्रो मिडिया प्रा.लि.द्वारा प्रकाशित खबरपात्रो डट कमले पाठकको मन जित्न सफल भएको बताए । 

    लुम्बिनी प्रेस क्लबका सल्लाहकार तथा न्यूज ओके पत्रिकाका सम्पादक मनोरञ्जन शर्माले कोरोना महामारीको बेला जन्मिएको खबरपात्रो डट कमले निष्पक्ष र तटस्थ पत्रकारितालाई अघि बढाएको बताए । उनले खबरपात्रो मिडिया प्रा.लि.ले प्रकाशन गर्ने विशेषांक पनि राम्रो रहेको र अब अंग्रेजी सामग्रीलाई पनि स्थान दिन आग्रह गरे ।

    साहित्यकार, सह–प्राध्यापक तथा खबरपात्रो डट कमका स्तम्भकार उमेशचन्द्र रिजालले अहिलेको परिवेशमा पत्रकारको भूमिका बढेको बताए । उनले राजनीतिक दलले आफ्ना क्रियाकलाप सुधार गर्नेपर्ने बताए ।
    खबरपात्रो मिडिया प्रा.लि.का प्रबन्ध सञ्चालक देवराज न्यौपानेको स्वागत तथा कार्यकारी अधिकृत दीपक घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij