२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लियो सिद्धार्थनगर युथको रक्षाबन्धन बालगृहमा

सोमवार , श्रावण १९, २०७७

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, १९ साउन ।
    लियो क्लब अफ सिद्धार्थनगर युथले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहमा जनैपूर्णिमा (रक्षाबन्धन) मनाएको छ । रक्षाबन्धनको अवसर पारेर बालगृहमा रहेका बालबालिकालाई सोमबार फलफूल, मिठाई तथा चकलेट वितरण गरिनुका साथै केट काटिएको क्लबका प्रथम उपाध्यक्ष सुनिल धवलले बताए । 

    कार्यक्रममा बोल्दै बालगृहका सञ्चालक कृष्णमाया गुरुङले लियो क्लब अफ सिद्धार्थनगर युथले रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गरिन् । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

    लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बालगृहलाई रोजेर क्लबले रक्षाबन्धन कार्यक्रम गर्नु प्रशसंनीय रहेको बताए ।

    क्लबका अध्यक्ष विकास यादवको अध्यक्षता, कार्यक्रम संयोजक कृपा श्रेष्ठको स्वागत तथा सचिव शिव मौर्याको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सचिव राजन शुक्ला, सह–कोषाध्यक्ष पिन्टु कान्दु (वनिया), लगायतको उपस्थिति रहेको थियो ।