
सोमवार , माघ २६, २०७७
नवलपरासी, २६ माघ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) पश्चिम नवलपरासीको आयोजनामा आदर्श माध्यमिक विद्यालय खख्पुराबाट निकालिएको र्याली करिब एक किलोमीटर पर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुशील परियारले नेपालमा पछिल्लो समय हत्या, हिंसा, बलात्कार, जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताए । यस्ता घटनाहरु घट्नुको मुख्य कारण सरकारको गैरजिम्मेवारपन भएको उनले आरोप लगाए ।
र्यालीमा सहभागी सयौं विद्यार्थीहरुले भागरथी भट्टको घटनाको तत्काल छानबीन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने, बलात्कारीलाई कार्वाही गर!, हत्यारालाई फाँसी दे ! एकीकृत जनक्रान्ति जिन्दावाद ! अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नारा लगाएका थिए । भागरथीको घटना निर्मला पन्तको जस्तै अन्योलमा नराखी दोषीलाई कडा कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij