
शनिवार , पौष २८, २०८०
भैरहवा, २८ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मायादेवी गाउँपालिका–८, रुपन्देहीको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले प्रशान्त कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
वडा समिति सदस्यहरुमा बेद बहादुर बस्नेत, सरु सुनार, मायादेवी अधिकारी, पार्वती काफ्ले यादव, राजन अर्याल, द्रोपति देवी थारु, विनोद अर्याल र राम बहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
यसअघि वडा भेलाबाट बलराम खरेलको अध्यक्षतामा ११ सदस्यीय समिति बनाइएकोमा अहिले प्रथम वडा अधिवेशनबाट नयाँ समिति चयन गरिएको रास्वपा मायादेवी–८ ले जनाएको छ ।
अधिवेशनमा प्रवेक्षक अतिथि जीतबहादुर गुप्ता (शेखर), रास्वपा लुम्बिनी प्रदेश सदस्य प्रकाश ज्ञवाली, पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का सभापति ओम पौडेल, रास्वपा सिद्धार्थनगर सभापति पर्शुराम पराजुली, मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापा, नेपाली कांग्रेस मायादेवी–८ का सभापति तिल बहादुर रायमाझी, नेकपा एमालेका नेता शंकर ज्ञवाली, समाजसेवी दान बहादुर कुवँर, स्वास्थ्यकर्मी जनकराज पन्त लगायतको आतिथ्यता रहेको थियो ।
रास्वपा मायादेवी गाउँपालिकाका सभापति हरी बहादुर कुवँरकोे स्वागत तथा कुल बहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै वडा अधिवेशन सम्पन्न पछि बसेको नयाँ कार्यसमितिको पहिले बैठकले उपसभापतिमा गोविन्द कृष्ण बोगटी, सचिवमा नरहरी सुवेदी, परिषद सदस्यमा भुषण श्रीवास्तव र नेवती कोइरीलाई मनोनित गरेको छ । त्यसै गरी तारा प्रसाद जैँसी, बलराम खरेल र कुल प्रसाद काफ्लेलाई सल्लाहकार चयन गरिएको पार्टीका नवनिर्वाचित वडा सदस्य राजन अर्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij