२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन शिर्ष नेताहरुको अपिल

आइतवार , पौष २९, २०८०

काठमाडौं, २९ पौष । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शिर्ष नेताहरुले अपिल गरेका छन् ।

आईतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरुले आह्वान गरेकाे बताए । उनले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको पनि बताए ।

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनबाट गठबन्धनलाई अझ संगठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निस्कर्ष छ । गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् ।