
मंगलवार , माघ २, २०८०
भैरहवा, २ माघ ।
नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले सोमबार भैरहवामा सर्वसाधारणलाई खिचडी खुवाएको छ । माघी पर्व तथा माघे संक्रान्तिको अवसर पारेर भैरहवास्थित मिलनचोकमा खिचडी खुवाइएको नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।
नगर कमिटीले २ सय बढी सर्वसाधारणलाई खिचडी खुवाएको नगर अध्यक्ष कसौधनले बताए । उनले नेकपा (एस) सिद्धार्थनगरले राजनीतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु तथा संस्कृतिको संरक्षणका लागि कार्यक्रम गरेको बताए ।
कार्यक्रममा एकिकृत समाजवादीका नेता एंव संविधानसभा सदस्य आदित्य नारायण कसौधन, पार्टीका प्रदेश कमिटी सदस्य कमल भण्डारी, निवर्तमान सिद्धार्थनगर अध्यक्ष रामबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij