२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एकीकृत समाजवादी सिद्धार्थनगरको विभिन्न निर्णय

मंगलवार , माघ २, २०८०

भैरहवा, २ माघ ।
नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम बैठक मंगलबार भैरहवामा सम्पन्न भएको छ । पार्टी सिद्धार्थनगरको प्रथम अधिवेशनपश्चात बसेको प्रथम बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले पार्टी निकट युवा संघ नेपाल सिद्धार्थनगर कमिटीको अधिवेशन र मुक्ति समाजको नगर कमिटी गठन गर्ने निर्णय गरेको नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।

त्यस्तै बैठकले माघ ६ गते शनिबार सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा पार्क वनभोज र युवा भेला गर्ने निर्णय गरेको नगरअध्यक्ष कसौधनले जानकारी दिए । बैठकले वनभोज कार्यक्रमका लागि नगर कमिटी सदस्य सन्त कुमार कुर्मीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै बैठकले नगर कमिटीका पदाधिकारी र सदस्यहरुको कार्यविभाजन गरेको छ । जसअन्तर्गत नगर कमिटी उपाध्यक्ष बिनोद क्षेत्रीलाई आर्थिक, कोषाध्यक्ष समिर पन्तलाई युवा, नगर कमिटी सदस्य सन्त कुमार कुर्मीलाई विद्यार्थी, शशी रानालाई महिला, स्वर्णिम लामगादेलाई मुक्ति समाज, सुनिल धवललाई लोकतान्त्रिक मधेशी संगठन र मुस्ताक अहमद भाट (भोला)लाई मुस्लिक इतिहाद संगठनको जिम्मेवारी दिइएको नेकपा (एस) सिद्धार्थनगरले जनाएको छ ।

त्यसै गरी बैठकले २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने समेत निर्णय गरेको छ ।

नेकपा (एस) सिद्धार्थनगर नगर कमिटी अध्यक्ष शार्दुल मयूर कसौधनको अध्यक्षता, रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादवको प्रमुख आतिथ्यता, सिद्धार्थनगर उपसचिव उत्तम कुमार जि.सी.को स्वागत तथा नगर सचिव श्रीकान्त उपाध्यायको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।