२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सीमावर्ती क्षेत्रका निर्माणका समस्या बोकेर मुज्जपरपुर पुगे विमलेन्द्र निधि

बुधवार , माघ ३, २०८०

काठमाडौं, ३ माघ ।

पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधी र भारतको बिहार मुज्जपरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको मुज्जपरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो ।

गत आईतवार धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडाहरुमा निर्माण कार्य अवरुद्ध भएका पुलहरुको स्थलगत निरीक्षण अवलोकन गर्नुभएका निधी सोही विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुज्जपरपुर पुगेका थिए।

सो क्रममा निधीले आफूले पुलहरुको स्थलगत निरीक्षण गर्दा भारतीय सुरक्षाकर्मीहरुले संरचना बन्न नदिनुको कारण माथिको आदेश भएको बताएको पनि निषादलाई जानकारी गराए। पुल बन्दा दुवै देशका नागरिकहरुलाई सहज हुने बताए। नो म्यान्स ल्याडमा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने ?  आवातजावत कसरी हुने ? भन्ने प्रश्न गर्दै निधीले आफूहरु नेपालको मात्र नभई सीमावर्ती भारत तर्फको जनताको भावना पनि सुनाउन आएको बताए। 

भेटमा भाजपाका नेता समेत रहेका निषादले आफनो पार्टीको नेतृत्वमा केन्द्रिय सरकार समेत रहेको बताउँदै गृहमन्त्री अमित साहसंग कुरा गरेर समस्या समाधान गर्ने बताए।  निषाद निवासमा राम मन्दिर समुद्घाटनको बधाई पत्र र प्रसाद प्रदान गरेका थिए। 

नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई ६ लेन सडक स्तरको पुलका रुपमा स्तरोन्तीका लागि भारतीय पक्षबाट भइरहेको अवरोध र नगराईन नगरपालिकाको वडा नं. ६ लगमालाई भारतको लहरनियासँग जोड्ने झुलुङ्गे पुलको समेत निधी नेतृत्वको टिमले अवलोकन गरेको थियो । उक्त पुलहरु भारतीय अवरोधका कारण निर्माण अवरुद्ध भएका छन् ।