२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

राजा महेन्द्र पथमा प्रदेशको नामाकरण गरियो : अध्यक्ष यादव

बिहिवार , माघ ४, २०८०

काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरीत भएको आरोप लगाएका छन् । 

बुधवार साँझ मधेश प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आायेजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेश प्रदेशबाहेकको नाम संघीयता विपरीत राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाए ।

उनले पहिचानमा आधारित प्रदेश मधेश प्रदेश मात्रै रहेको दावी समेत गरे । उनले संघीयता विपरीत नामाकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको आोप लगाए । 

अध्यक्ष यादवले मधेश प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताए । उनले प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचार विरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे ।