२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पोखरभिण्डीमा निःशुल्क आँखा शिविर, ३ सय बढीले लिए सेवा

शनिवार , माघ ६, २०८०

भैरहवा, ६ माघ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–२ स्थित पोखरभिण्डीमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३ सय भन्दा बढीले सेवा लिएका छन् । 

श्री सत्य साई केन्द्र मणिग्रामको आयोजना तथा लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा भएको शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले मानिसले आफ्नो स्वास्थ्यप्रति हेलचेक्रयाई गर्दा धेरै समस्या आउने बताए ।

बेलैमा अस्पताल जान नखोज्नेहरुलाई यस्ता शिविरले फाइदा पुगिरहेको उनले बताए । उनले पालिका यस्ता सेवामुलक काममा सधै तत्पर रही नागरिकको स्वास्थ्य अवस्थाबारे चिन्तित रहेको बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले नागरिकलाइ पर्ने हरेक समस्याको समाधानका उपाय खोजेर सहजीकरण गर्न वडा लागिपरेको बताए । उनले चिसोबाट जोगिन र अाँखाको सुरक्षा गर्न आग्रह गरे। 
शिविरमा आएकामध्ये १०० बढीलाई मोतिबिन्दुको समस्या रहेको र उनीहरुको निःशुल्क शल्यक्रिया गर्न लायन्स अस्पताल लगिएको आयोजकले जनाएका छन् ।

d2be5a65-7cad-4bc6-bea7-97aa0324076f.jpeg
a5a76a17-7740-4820-b6fb-3b347ca50092.jpeg