
आइतवार , माघ ७, २०८०
काठमाडौं, ७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलार्इं सहमतिमा नै टुङ्गो लगाउने बताएका छन् ।
असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्केपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयमा छलफल भइरहेको भन्दै संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रि।याको बाँकी काम टुङ्गो लगाइने बताए ।
त्यस्तै उनले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाईसमेत सोही अनुसार काम कारबाही गर्न स्पष्ट निर्देशन दिइएको बताए । प्रधानमन्त्री प्रचण्डले रुस वा युक्रेनको लडाइँमा नेपाली युवा रुसी वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील रहेको जिकिर गरे । विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति नभएको उनको भनाइ छ । उनले नाम सम्मेलनका क्रममा गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा रुसका उपविदेशमन्त्रीसँग पनि भेटेर परराष्ट्रमन्त्रीले कुरा गरेको स्पष्ट पार्दै नेपाली युवालाई फिर्ता पठाइदिन आग्रह गरिएको बताए । प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनको शिखर सम्मेलनमा नेपालको सहभागीता सफल भएको र केहि साइडलाईन भेटवार्ता भएको जानकारी दिए ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्री लगाएतले स्वागत गरेको थियो भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्ड माघ ४ गते नामको शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij