images

सोमवार, बैशाख २४ गते २०८१

रुपन्देहीको मायादेवी–३ ले दियो ‘वडा विदा’

रुपन्देहीको मायादेवी–३ ले दियो ‘वडा विदा’

images
images
images
आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • रुपन्देहीको मायादेवी–३ ले दियो ‘वडा विदा’

    भैरहवा, ७ माघ । रुपन्देहीको मायादेवी गाउँपालिका ३ नम्बर वडा कार्यालयले सोमबार (भोलि) ‘वडा विदा’ दिएको छ । माघ ८ गते सोमबारका दिन मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेकोले विदा दिइएको वडाअध्यक्ष मोहम्मद रफिक खाँले बताए । 

    images
    images
    images

    ‘रामको विवाह नेपालकी छोरी सीतासँग भएको र यस वडामा आयोजना हुने माघी महोत्सवको कारणले गर्दा उक्त दिन वडा नं. ३ को कार्यालयभित्र (अतिआवश्यक कार्यबाहेक) सेवा सुविधा बन्द रहनेछ, ’अध्यक्ष खाँद्वारा जारी सूचनामा उल्लेख छ ।

    सोमबार नवनिर्मित श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम नेपालमा पनि उत्सवको रुपमा मनाइने भएकाले विदा दिइएको वडाअध्यक्ष खाँले बताए ।

    420756549_3683864751844524_1539271228134704637_n.jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij