२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राममन्दिरमा प्राणप्रतिष्ठाका दिन भैरहवामा उत्साह, निकालियो शोभायात्रा (फोटोफिचर)

सोमवार , माघ ८, २०८०

भैरहवा, ८ माघ । भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन रुपन्देहीको भैरहवा ‘राममय’ बनेको छ । सोमबार बिहानैदेखि भैरहवाको विभिन्न स्थानमा रामधुन गुञ्जिएको छ ।

प्राणप्रतिष्ठाको अवसरमा सोमबार भैरहवामा वृहत शोभा यात्रा निकालिएको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिरबाट सुरु भएको शोभा यात्राले नगरको विभिन्न स्थानको परिक्रमा गरेको छ ।

सनातनी युवा परिवार, सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीको अगुवाइमा शोभा यात्रा निकालिएको हो ।

Ram 2.jpg

शोभा यात्रामा पूर्व सांसद् प्रमोद कुमार यादव, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादवसहित स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो ।

शोभा यात्रामा उत्साहजनक उपस्थिति भएको कार्यक्रम संयोजक बैजनाथ गुप्ता (बी.एन.)ले बताए ।

Ram 1.jpg

राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिर र सीमा नाका बेलहियामा दीप प्रज्जवलनको तयारी गरिएको छ । त्यस्तै सम्पूर्ण मन्दिर र घरघरमा दीप प्रज्जवलन गर्न आग्रह गरिएको सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीकी सचिव पुनम जयसवालले बताइन् ।

भगवान श्रीराम चन्द्रको पावन जन्मभूमि अयोध्यास्थित राममन्दिरमा भएको मूर्ति प्राण प्रतिष्ठा उत्सवको रुपमा मनाउन विभिन्न कार्यक्रम गरिएको सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीका अध्यक्ष चन्द्रभान तिवारीले बताए ।

सोही अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले भैरहवास्थित मिलनचोकमा प्रसाद (लड्डु) वितरण गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

Ram 8.jpg
Ram 5.jpg
Ram 9.jpg
Ram 10.jpg
Ram 13.jpg