२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

जिल्ला प्रशासन कार्यालयद्वारा गैडहवामा अभिमुखीकरण

बुधवार , माघ १०, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • भैरहवा, १० माघ ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा गैडहवा गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतको बारेमा समस्या जिल्ला प्रशासनमा आउने गरेकाले कानूनले दिएको आधारमा काम हुने बताए । उनले यसको सहजीकरणको लागि पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, वडा सचिव लगायतलाई दिएको अभिमखीकरण तालिमले सेवाग्राहीलाई अब केही सहज हुने बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र आदि सम्बन्धी अभिमुखीकरण तालिमले जनप्रतिनिधि र कर्मचारीले सेवा दिने कुरो सजिलो र सरल हुने तथा सेवाग्राहीले छिटोछरितो सेवा पाउने बताए । अभिमुखीकरण कार्यक्रमबाट सहज काम हुनेमा आफू आशावादी रहेको बताउँदै उनले वडाअध्यक्ष र सचिवले सेवाग्राहीलाई कुनै व्यक्तिगत इश्यु नराखी काम गर्न आग्रह गरे ।

    कार्यक्रममा गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका, सैनामैना नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, सचिव लगायतले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत नागरिकको आवश्यकता धेरै नै हुने भएकाले यो अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप सजिलो हुने बताएका थिए ।

    गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय रुपन्देही र समन्वय गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाले गरेका थिए ।