
बिहिवार , माघ ११, २०८०
दाङ, ११ माघ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजे लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरेपछि मतदान प्रकृया सुरु भएको हाे ।
घाेराहीको कर्मचारी मिलन केन्द्रमा रहेकाे मतदान स्थलबाट मतदान भईरहेकाे छ । मतदान स्थलमा २ वटा मतदान केन्द्र छन् । प्रदेश सभा सदस्यका लागि (क ) मतदान केन्द्र र स्थानीय तहका प्रमुख र उप प्रमुख (ख) ले मतदान गर्ने व्यबस्था मिलाएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
प्रदेश सभा सदस्य ८७ र १०९ स्थानिय तहका २१८ गरी लुम्बिनी प्रदेशमा कुल ३०५ जना मतदाता रहेकाे छन् । प्रदेश सभा सदस्यकाे कुल मतभार संख्या ४ हजार ६ सय ११ र स्थानीय तहकाे मतभार ४ हजार १ सय ४२ रहेकाे छ । प्रदेशकाे मतभार संख्या ५३ र स्थानीय तहकाे मतभार संख्या १९ रहेकाे लुम्बिनी प्रदेश निर्वाचन अधिकारी लक्ष्मीदत्त कलौनीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij