
बिहिवार , माघ ११, २०८०
विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्। कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए। उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij