२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

स्वर्गीय आमाको स्मृतिमा उपप्रमुख अधिकारीद्वारा अक्षयकोष स्थापना

बिहिवार , आश्विन १५, २०८३

  • 337
    Shares
  • 337
    Shares
  • भैरहवा, १५ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले आफ्नी स्वर्गीय आमा सुमित्रा अधिकारीको स्मृतिमा सामाजिक तथा मानवीय सेवाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

    उपप्रमुख अधिकारीले आफ्नी आमाको १६ औं श्राद्धको तिथिको अवसर पारेर बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोलिगढस्थित श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ‘स्वर्गीय सुमित्रा अधिकारी स्मृति अक्षयकोष’ स्थापनाका लागि उक्त रकम प्रदान गर्नुभएको हो । उपप्रमुख अधिकारी सहकारी संस्थाको शेयर सदस्यसमेत हुनुहुन्छ ।

    उपप्रमुख अधिकारीले उक्त रकम सहकारी संस्थाको अध्यक्ष लता पोखे्रललाई हस्तान्तरण गर्नुभएको थियो । रकम ग्रहण गर्दै अध्यक्ष पोख्रेलले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा अक्षयकोषमार्फत सहयोग पुर्याउन सकिने बताउनुभयो । 

    gggg.jpg

    संस्थाका अनुसार अक्षयकोषको मूल रकम सुरक्षित राखिनेछ भने त्यसबाट प्राप्त ब्याज तथा प्रतिफल मात्र संस्थाको अक्षयकोषसम्बन्धी कार्यविधि, २०८३ तथा प्रचलित नियमबमोजिम सामाजिक, मानवीय, शैक्षिक, स्वास्थ्यलगायत सेवामूलक कार्यमा प्रयोग गरिनेछ ।