२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

एकीकृत समाजवादीका नेता राजु गुरुङको राजीनामा स्वीकृत, रुपन्देही इञ्चार्जमा पाण्डे

शुक्रवार , माघ १२, २०८०

काठमाडौं, १२ माघ ।
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरेको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले नेता गुरुङको राजीनामा स्वीकृत गर्दै उक्त स्थानमा अशोक कोइरालालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

रुपन्देहीको बुटवल निवासी गुरुङले गत पुस २४ गते केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवबाट राजीनामा दिएका थिए ।

बैठकले लम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका सोम प्रसाद पाण्डेलाई रुपन्देही जिल्लाको इञ्चार्ज तोकेको छ । 

बैठकले माघ १४ र १५ गते बस्ने पार्टीको केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह–इञ्चार्जको जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ । गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई प्रदेश अध्यक्षमा मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।