
आइतवार , माघ १४, २०८०
भैरहवा, १४ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८, रुपन्देहीको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । भैरहवामा सम्पन्न अधिवेशनले श्रवण कुमार कार्कीको अध्यक्षतामा १३ सदस्यीय वडा परिषद् सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपसभापतिमा जितेन्द्र नाथ शर्मा र सचिवमा उदय बहादुर कार्की निर्वाचित भएको रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार वडा परिषद् सदस्यहरुमा इन्दिरा गौतम, रवि घिमिरे, सरिता परियार, पवित्रा खनाल, गीता कुमार उपाध्याय, हरि प्रसाद आचार्य, गोकुल वि.के., दान बहादुर बलाल, कबिन भट्टराई र विष्णुमाया शर्मा रहेका छन् ।
कार्यक्रममा रास्वपाका युवा नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले देशको विकासलाई तीव्र गतिमा अघि बढाउने पार्टी रास्वपा मात्र भएको दावी गरे । उनले आगामी निर्वाचनमा रास्वपालाई बहुमतका साथ जिताउन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij