images

शुक्रवार, बैशाख २१ गते २०८१

मर्चवारी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

मर्चवारी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

images
images
images
आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • मर्चवारी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

    भैरहवा, १४ माघ ।
    रुपन्देहीको मर्चवारी गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँसभामा पालिकाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत भएको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    ‘स्वास्थ्य, शिक्षा, कृषि, जलस्रोत र पुर्वाधार, सुशासन र गरिबी निवारण समृद्ध आधार’ भन्ने नाराका साथ सञ्चालन भएको गाउँसभामा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले हालसम्म भए/गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले बताए । उनले गाउँसभामा १५ वटा नयाँ एन २०८० कार्यविधि बनाई प्रस्तुत भएको समेत बताए । स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि पनि छलफल भएको छ । 

    सभामा वडा तथा गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सन्तोषजनक भए/नभएको बारेमा पनि समीक्षा भएको उनले बताए । सबै पालिकाभित्रका सरकारी कार्यालयमा प्रतिफल आउने गरी कर्मचारीलाई काम गर्न समेत आग्रह गरिएको उनले बताए ।

    गाउँपालिकासँग समन्वय गरी गैरसरकारी संस्थाको काम नजिकैबाट निहाल्न समेत सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरिएको छ । गाउँपालिकामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका कर्मचारी, व्यापारी, शिक्षक, प्रहरी तथा विद्यार्थीहरुलाई मूल्यांकन गरी उच्च कार्य प्रवाह गरेवापत प्रशंसापत्र दिएर सम्मान गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए । 

    मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशम प्रसाद आचार्य, वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हरिश्चन्द्र बरईले गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij