२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

काठमाडौंमा आज प्रचण्ड–नेपाल समुहको विरोध सभा, ट्राफिक व्यवस्था अस्तव्यस्त

बुधवार , माघ २८, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं, २८ माघ।

    प्रतिनिधि सभा विघटनको विरुद्दमा नेकपा प्रचण्ड–माधव नेपाल समुहले आज राजधानी काठमाडौंमा विरोध सभाको आयोजना गरेका छन्। प्रदर्शनीमार्ग भृकुटीमण्डपस्थित सडकमा हुने विरोध सभाका लागि यतिखेर राजधानीका विभिन्न भागबाट जुलुशहरु निस्कन थालेका छन्। 

    बिरोध सभामा सहभागि हुनका लागि पाटनको पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल गरि ५ स्थानबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कन थालेको पार्टीको केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ। त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले नेतृत्व गर्दैछन्। 
    समितिका अनुसार माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गरेका छन्। पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्र्दैछन्। 148229751_10226100189677987_2557834939143048911_n.jpg

    त्यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गरेका छन्। त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गरिरहेका छन्। ति जुलुसहरु राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटी मण्डप अगाडी बनाईएको सभास्थलमा जम्मा हुने कार्यक्रम छ। यसअघि प्रचण्ड–नेपाल पक्षले माघ ९ गते पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।148238248_10226100190438006_6393721813867080491_n.jpg

    जताततै बाट निस्केका जुलुशका कारण काठमाडौं र ललितपुरका सडकहरुमा विहान १० बजेदेखि सडकमा ट्राफिक जाम बढेको छ। ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । विरोध सभामा जाने जुलुशको रुट निर्धारण गरिएपनि भित्रिबाटोबाट समेत जुलुश निस्किएपछि भित्रि गल्ली र बाटोहरुमा सवारी साधन जाममा परेका छन्। 

    आजको विरोध सभालाई नेकपा प्रचण्ड–माधव नेपाल समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम छ। प्रतिनिधि सभा विघटन भए लगत्तैदेखि यो समूहले विरोध कार्यक्रमहरु गर्दै आएको छ ।।