
आइतवार , माघ १४, २०८०
भैरहवा, १४ माघ ।
नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा रुपन्देहीको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी मनोनित भएका छन् । मायादेवी गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक निर्वाचित चौधरी संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका हुन् । उनी कांग्रेसका महासमिति सदस्य समेत हुन् ।
उनीसहित ९८ जना सदस्य मनोनित भएका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार सदस्यहरु मनोनित गरेका हुन् ।
रुपन्देहीबाट थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा धु्रवनारायणसहित सरिता चौधरी, लक्ष्मी चौधरी, प्रेमकुमारी चौधरी र सन्तराम चौधरी मनोनित भएको कांग्रेसले जनाएको छ ।
नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनित गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij