images

शुक्रवार, बैशाख २१ गते २०८१

मर्चवारी–४ मा विपन्न परिवारलाई कम्बल वितरण

मर्चवारी–४ मा विपन्न परिवारलाई कम्बल वितरण

images
images
images
सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • मर्चवारी–४ मा विपन्न परिवारलाई कम्बल वितरण

    भैरहवा, १५ माघ ।
    रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ४ कार्यालयले वडामा बसोबास गर्ने विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष ओमप्रकाश चौधरी कम्बल वितरण गरेका हुन् ।

    images
    images
    images

    वडाका २६० जना जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरी सम्मान गरिएको वडा नम्बर ४ का सचिव अनिल धवलले बताए । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बरईले सबैलाई दान दिन प्रेरित गरे । मर्चवारी गाउँपालिका यस्ता सामाजिक काममा अगाडी बढेको उनको भनाइ छ । जाडोलाई मध्यनजर गरी विभिन्न वडाहरुमा यस्ता कार्यक्रमहरुलाई अगाडी बढाइएको उनको भनाइ छ ।

    विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले वडा नम्बर ४ सम्पूर्ण राम्रो काम गरेको भन्दै प्रशंसा गरे । उनले वडा नम्बर ४ का टोल सुधार समितिहरुले उत्कृष्ट काम गरेको बताउँदै यसको सिको अन्य वडाहरुले पनि गर्नुपर्ने बताए । 

    वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षतामा कार्यक्रममा वडा वडा सदस्यहरु, प्रहरी, समाजसेवी, विभिन्न टोल सुधार समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij