२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

‘समुदायमा कांग्रेस’ अभियान सफल बनाउन सिद्धार्थनगरमा विभिन्न कार्यक्रम गरिने

सोमवार , माघ १५, २०८०

  • 877
    Shares
  • 877
    Shares
  • भैरहवा, १५ माघ ।
    नेपाली कांग्रेस केन्द्रको परिपत्रअनुसार यही माघ १६ देखि २६ सम्म हुने ‘समुदायमा कांग्रेस’ अभियान सफल र प्रभावकारी बनाउन नेपाली कांग्रेस सिद्धार्थनगरले छलफल कार्यक्रम अघि बढाएको छ । 

    कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ्गले १० दिने कार्यक्रम अन्तर्गत अभियानको पहिलो दिन माघ १६ गते मंगलबार (भोली) शहीद दिवसका दिन सुरु हुने बताए । उनले अभियान माघ २६ गते स्व. नेता सुशील कोइरालाको स्मृति दिवसमा समापन हुने जानकारी दिए । साथै यो अभियान देशको ६ हजार ७ सय ४३ वटा वडाहरुमा एकै साथ सञ्चालन हुने र यसले समुदायका सबै पक्षलाई समेट्ने उनले बताए।

    समाजमा कांग्रेसप्रतिको दृष्टिकोण, धारणा, आशा, गुनासो, सुझाव लिएर भोलिका दिनमा पार्टीलाई थप प्रभावकारी र सशक्त बनाएर अघि बढन् योगदान दिने उनको भनाइ छ ।

    समयानुकुल केन्द्रिय प्रतिनिधिको रुपमा पार्टीका पूर्व उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रिय सदस्य चन्द्र के.सी., लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको उपस्थितिमा हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन नेपाली कांग्रेस सिद्धार्थनगर अन्तर्गतका १३ वटा वडाहरुले यस अवधिमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने जनाएको छ ।

    1.jpg

    कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्काको सभापतित्व, पार्टीको क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको प्रमुख आतिथ्यता, सिद्धार्थनगर उपसभापति किरण घिमिरेको स्वागत तथा सचिव अनिल कुमार के.सी.को सञ्चालनमा भएको छलफल कार्यक्रममा कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का सभापति मोहनसिंह शाही, वडा नम्बर ४ का सभापति नरेन्द्र रौनियार, ५ का सभापति केशव गुप्ता, ६ का सभापति रामबहादुर गुरुङ्ग, ७ का सभापति भविलाल पौडेल, ८ का सभापति टंक ज्ञवाली, ९ का सभापति श्याम सुन्दर खनाल,११ का सभापति केदारनाथ कुर्मी,१२ का सभापति हरिराज विष्ट, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, ३ का सचिव रवि श्रेष्ठ,१२ का सचिव राम प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।