२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोहिणी–६ मा विपन्नलाई कम्बल वितरण

मंगलवार , माघ १६, २०८०

भैरहवा, १६ माघ ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा कम्बल वितरण गरिएको छ । वडा नम्बर ६ स्थित पर्सामा आयोजित एक कार्यक्रमकाबीच विपन्न, गरीब तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

चिसो मौसमलाई मध्यनजर गरेर १८२ थान कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘चिसो मौसमबाट बच्न नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, गाउँपालिकाका शाखा अधिकृत कर्ण बहादुर क्षेत्री, समाजसेवी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

423777873_122121688574156839_2709126943043703991_n.jpg