२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

नेतृ रामकुमारी झाँक्री पक्राउ

बिहिवार , माघ २९, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाण्डौँ, २९ माघ।

    नेकपा प्रचण्ड माधव पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। गेरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे झाँक्रीले दिएको अभिव्यक्तीलाई लिएर प्रहरीले पक्राउ गरेको हो। 

    यसअघि महानगरीय अपराध महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाए पनि झाँक्रीले पक्राउ पूर्जी विना जान अस्वीकार गरेकी थिइन्। 

    प्रहरीले बिहीबार राज्यको कसुरविरुद्ध अपराध मुद्याको पक्राउपूर्जी दिएपश्चात झाँक्रीले आफैँ गिरफ्तारी दिएकी हुन्।महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका थिए।

    झाँक्रीले राष्ट्रपतिबारे गरेको टिप्पणीलाई  लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो।