
शनिवार , माघ २०, २०८०
भैरहवा, २० माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित श्री टिकुलीगढ माध्यमिक विद्यालयमा ‘सपना, संघर्ष र सफलता’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ११ र १२ का छात्रछात्राहरुको लागि आफ्नो करियर कसरी निर्माण गर्न सकिन्छ र केके कुरामा ध्यान दिनपर्छ भन्ने विषयमा छलफल भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले लोकसेवा आयोग तथा निजामती सेवामा कसरी प्रवेश गर्ने, कसरी टिक्ने, कस्ता खाले कार्य पर्छन् र सरकारी सेवामा प्रवेश जस्ता सम्बन्धित विषयमा छलफल गर्दै आगामी दिनमा विद्यार्थीहरुले कस्तो बाटो बनाउनुपर्छ त्यसको बारेमा जानकारी दिन तयार रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलपति कंडेलले समाजका विभिन्न क्षेत्रमा क्रियाशिल रही उदाहरणीय काम गरेका र राष्ट्रले सम्मान गर्न योग्य व्यक्तिहरुको कामको अनुसरण गर्नको लागि यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलपति कंडेल, पूर्व अध्यक्ष दिनेश अर्याल, टिकुलीगढ युवा क्लबका सदस्य दिपक श्रीस मगर, सह–प्रधानाध्यापक जित कुमार केसी लगायत शिक्षकशिक्षिका, विद्यार्थी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक शंकरदत्त उपाध्यायको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij