
आइतवार , माघ २१, २०८०
काठमाडौं, २१ माघ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आजको केन्द्रिय कार्यभार भनेकै नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु रहेको बताए । उनले यसको लागि सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य कुरा रहेको बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभारहरु अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूर्णता दिनु रहेको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको र संसदबाट पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको फेरि गठन गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले द्वन्द्व पीडितलाई न्याय दिनेगरी र देशमा दिगो शान्ति स्थापना हुने गरी राष्ट्रिय मेलमिलापलाई केन्द्रमा राख्दै शान्ति प्रक्रियालाई पूर्णता दिनु आजको कार्यभार भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij