२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रास्वपाले सुरु गर्‍यो राष्ट्रव्यापी दबाब अभियान

आइतवार , माघ २१, २०८०

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानको सुरुवात गरेको छ ।

आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि लामिछानेले शुभारम्भ गरेका हुने । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा बिकासे योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

उक्त योजनाको अनुगमन, ढिलासुस्तीको कारण पहिचान गर्न टोलि समेत बनाइएको छ । टोलीलाई सभापति लामिछानले व्यानर हस्तान्तरण गरेका थिए । सो क्रममा सभापति लामिछानले अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि दबाब अभियान सुरु गरिएको जानकारी दिए ।

उनले आयोजनाहरु समयमा नै सम्पन्न नहुने समस्याको ज्ञापन पत्र नभई समाधानसहितको पत्र सरकारलाई बुझाएर जनतालाई जानकारी दिने बताए । उनले मुलुकको परिवर्तनका लागि नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने धारणा राखे । अभियानका क्रममा रास्वपाले पार्टीको एउटा पनि झण्डा प्रयोग नगर्ने उनले जानकारी दिएका छन । 

त्यस्तै रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले आन्तरिक वेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न रास्वपाले दवाव अभियान सुरु गरेको बताए । उनले ८४ मा रास्वपाको सरकार आएपछि सबै बिकृति बढार्ने दावी गरे । वाग्लेले दवाव अभियानबाट आएका निष्कर्षहरुलाई संसद र संसदीय समितिमार्फत छलफलमा लैजाने जिकिर गरे । अवको संसद अधिवेशनमा सरकारले बिजनेस दिन नसके रास्वपाले आफ्नै विधेयक ल्याएर दर्ता गर्ने उनले बताएका छन् । 

अभियानका अन्तर्गत आइतबार नै मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्रा सुरु गरिएको थियो । पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने रास्वपाले जनाएको छ ।